सोमबार, १५ डिसेम्बर २०२५

देवानगञ्ज र हरिनगरमा मास्क र साबुन वितरण

रासस

रासस

इनरुवा
News Image
• • •

 सुनसरीको देवानगञ्ज गाउँपालिकाले  स्थानीयवासीलाई मास्क तथा साबुन वितरण गरेको छ। 

 कोभिड–१९ को त्रास उत्पन्न भइरहेका बेला यसबाट बच्नका लागि गाउँपालिकाले जनतालाई मास्क तथा साबुन वितरण गरेको गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले बताए। 

हरिनगर गाउँपालिका ३ ले समेत स्थानीयवासीलाई मास्क तथा साबुन वितरण गरेको छ। वडा कार्यालयमा रहेका सात सयभन्दा बढी घरधुरीलाई दुई हजार पाँच सयभन्दा बढी मास्क, धारा जडान भएको बाल्टिन,  डेटोल साबुनलगायत सामग्रीसमेत वितरण गरिएको हरिनगर ३ का प्रशासन सहायक हरिनारायण मेहताले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!