फुर्सद कहिलेकाहिँ चिन्ताको विषय बनिदिँदो रहेछ। अल्छि लाग्ने गरी फुर्सदमा बस्नु पनि कठीन काम नै हो। अझ त्यस्तो फुर्सद जसमा ‘फुर्सदकै काम’ पनि निश्चित बाहेक अरु गर्न नपाउँदा त दिक्क लागिनै हाल्छ।
खेलाडी जो वर्षमा १३/१४ वटा प्रतियोगितामा व्यस्त हुन्छन् र आराम गर्ने समय पनि राम्ररी पाउँदैनन्, उनीहरुलाई यो फुर्सद कस्तो लाग्दो हो? नियमित खेल अभ्यास पनि गर्न नपाउँदा उनीहरु के गर्दा हुन्? फिट रहन र खेलमा फर्किएपछि पनि पुरानै लय भेट्टाउन केही योजना होलान्? र, अहिले सोध्नैपर्ने कुरा त ‘मनमा डर कत्तिको हुँदो हो?’