फ्रान्समा पनि एकैदिन मर्नेको संख्या बढ्न थालेको छ। शनिबार कोरोना भाइरसको संक्रमणबाट थप १ सय १२ जनाले ज्यान गुमाउनु परेको छ। आइतबार बिहानसम्मको विवरणअनुसार फ्रान्समा मर्नेको संख्या ५ सय ६२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार राज्यमा १४ हजार ४ सय ५९ संक्रमणको घटना भेटिएको छ। जसमा १५ सय २५ जनाको अवस्था त्यति राम्रो छैन। अस्पताल भर्ना भएका ६ हजार १ सय ७२ बिरामीमध्ये खराब अवस्थामा रहेका आधाको उमेर ६० वर्ष मुनि पाइएको छ।