नेपाली सेनाले सामाजिक सञ्जालमा ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्दै फैलाइएको हल्लामा सत्यता नरहेको जनाएको छ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्।
‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो।
यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ। ‘हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक,झुटो तथा मनगढन्ते समाचारको विश्वस नगर्न नेपली सेना सम्पूर्ण पाठक वर्गमा अनुरोध गर्दछ,’विज्ञप्तीमा भनिएको छ।
साथै कोरोना प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा कुनै दुविधा भए जनसम्र्पक तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०६९९१६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।