बिएल संवाददाता
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढेर २०४ पुगेको छ भने संक्रमितको संख्या १५,७७१ पुगेको छ। यो समाचार तयार पारिरहेको बेला ह्वाइट हाउसमा पत्रकार भेटघाट कार्यक्रममा जारी छ। र, यही पत्रकार भेटघाटमार्फत् यस्तो जानकारी दिइएको हो।
राष्ट्रपति डोनल्ड ट्रम्प, उपराष्ट्रपति पेन्स र स्टेट सेक्रेटरी पोम्पेओलगायतका वरिष्ठ अधिकारीको उपस्थिति रहेको पत्रकार भेटघाट कार्यक्रममा अमेरिका यो महामारीका विरूद्ध सबै शक्ति लगाएर जुध्ने बताए।
आफूहरू अमेरिकी जनताको सुरक्षाका लागि जे पनि गर्न तयार रहेको बताउँदै उनीहरूले एकै स्वरमा भने, ' अन्तत: हामी यो युद्ध जित्नेछौैं।'
यसैबीच अमेरिकामा कोरोना भाइरस संक्रमण उच्च दरमा बढेको छ। त्यसबाट जोगिन अमेरिकामा हरेक पाँचजनामा एकजना घरमै लकडाउन गरिएको छ। क्यालिफोर्निया लकडाउन गरिएको छ, न्युयोर्क पज गरिएको छ। अमेरिकामा सबैभन्दा धेरै जनसंख्या रहेका यी दुई राज्यको यो पछिल्लो अवस्थाले अमेरिकामा भयावह सिर्जना भएको पुष्टि भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया