श्री ६ को हवेली

सेतोपाटी

काठमाडौँ

सुदीप श्रेष्ठ

आठ–दसवटा घरको घेरोमा सानो साझा चोक– यस्तो ठाउँ कहीँ कतै देख्नुभएको छ? तपाईंहरू सजिलै भन्नुहोला– यो त के नौलो भयो! काठमाडौंको हरेक दोस्रो वा तेस्रो गल्लीमा यस्तो ठाउँ भेटिन्छ। यही प्रश्न मैले यस्तरी सोधेँ भने नि– एउटै घरको घेरोमा दिनभरि झलमल्ल घाम र रातभरि टहटह जून लाग्ने साझा चोक, त्यो पनि भुइँसतहमा होइन, पहिलो तलामा– यस्तो घर कहीँ कतै देख्नुभएको छ? अब चाहिँ तपाईंहरू पक्कै अलमलिनुहुन्छ।

यही प्रश्न मलाई सोधेका थिए, सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरले। हामी त्यस दिन असनको ‘सम्पदा यात्रा’ क्रममा गुफाजस्ता गल्ली छिचोल्दै धलसिक्व बहा: पुगेका थियौं। मूल सडकबाट भित्र, साँघुरा, होचा, अँध्यारा गल्लीपारि त्यस्तो झलमल्ल ठाउँ होला भन्ने मैले सोचेकै थिइनँ।‘यो त केही होइन,’ आलोकले भने, ‘यस्तै चोक घरको पहिलो तलामा देख्नुभएको छ?’ म छक्क परेँ। उनले भने, ‘काठमाडौंमा त्यस्तो डिजाइनको घर मैले अर्को देखेको छैन।’

प्रकाशित मिति: : 2020-03-20 04:35:16

प्रतिकृया दिनुहोस्