काभ्रेको पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएको छ।
सोमबार साँझ बा ४ ख ५४८० नम्बरको टिपरले पनौती बसपार्कमा पैदलयात्रीलाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भिर घाइते काभ्रेको खानीखोला १ की ३३ वर्षीया जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको उपचारका क्रममा ज्यान गएको हो।
ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि पनौती केहीबेर तनावग्रस्त बनेको थियो।