तक्म‍ेबुढाको ‘सेल्फी खिचौंला’ सार्वजनिक

हाँस्य कलाकार विल्सन विक्रम राई (तक्म‍ेबुढा) को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘सेल्फी खिचौंला ए माया’ बोलको गीतमा विल्सनकै शब्द रहेको छ।

दीपक शर्माले संगीत दिएको गीतमा मेलिना राईले स्वर दिएकी छिन्। कमेडी शैलीमा तयार पारिएको भिडियोको निर्देशन विल्सनले नै गरेका हुन्।  भिडियोमा  बुद्ध तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन विक्रम फिचर भएका छन्।

 सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोलाई विक्रम डिसीले खिचेका हुन्। यसलाई सम्पादन भने मनोज कार्कीले गरेका छन्।

प्रकाशित मिति: : 2020-03-17 09:07:52

प्रतिकृया दिनुहोस्