कोरोना रोक्न सरकारले अहिलेसम्म के-के गर्‍यो?

सेतोपाटी

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले अहिलेसम्म गरेका कामबारे राष्ट्रिय सभामा जानकारी गराएका छन्।

नेपालमा आइतबारसम्म चार सय ६४ जनामा कोरोना भाइरस परीक्षण गरे पनि एक जनामा पनि पोजेटिभ नदेखिएको उनले बताए।

‘अहिलेसम्म नेपालमा एक जनामा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छैन,’ मन्त्री ढकालले भने।

चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण एक सय ५२ देशमा देखिएको छ। तीमध्ये ४६ देशमा मानिसको मृत्यु भएको छ। ती देशमा अहिलेसम्म एक लाख ५६ हजार जनामा यो भाइरसको संक्रमण देखिएको छ।

पाँच हजार आठ सयभन्दा बढी मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाए छन्।

संक्रमण देखिएकामध्ये ९२ प्रतिशत बरामी सामान्य छन्। आठ प्रतिशत जोखिम अवस्थामा रहेको देखिएको छ।

‘८० वर्षमाथिकाको मृत्युदर १४.८ प्रतिशत छ,’ मन्त्री ढकालले भने, ‘जन्मदेखि ९ वर्ष उमेरकालाई अपवादजस्तो छ। १९ देखि ३९ वर्ष उमेरमा ०.२ प्रतिशत देखिएको छ।’

स्वास्थ्य मन्त्री ढकालले विश्वका विभिन्न देशमा उच्चपदस्थलाई पनि कोरोना भाइरस देखिएको जानकारी संसदमा गराए।

प्रकाशित मिति: : 2020-03-16 05:34:30

प्रतिकृया दिनुहोस्