सिरियन र नेपाली जोडीको रेस्टुरेन्टमा १२७ देशका ग्राहकको चिनो

ताजा रेस्टुरेन्टका सञ्चालकद्वय संगीता र बेसल। तस्बिरः निशा भण्डारी/सेतोपाटी

भित्र छिर्नेबित्तिकै भित्तामा ठूलो विश्व मानचित्र देखिन्छ। तीमध्ये धेरै देशमा 'पिन' खोपिएका छन्।

पुल्चोकस्थित ताजा रेस्टुरेन्ट पुग्दा धेरैको ध्यान यसले खिच्छ। हरेक देशको पहिलो ग्राहक यहाँ पुग्दा आफ्नो देशको नक्सामा पिन खोप्ने मौका पाउँछन्। हालसम्म १२७ देशका ग्राहक 'ताजा' पुगेर चिनो छाडिसकेका छन्।

'यो सामान्य रेस्टुरेन्ट होइन। हामीले केही नयाँ तरिका अपनाएका छौं,' रेस्टुरेन्टका सञ्चालक बेसल स्रेइकीले भने, 'विश्वभरका ग्राहक यहाँ आएर चिनो छाडून् भन्ने हाम्रो चाहना हो।'

'ताजा' सिरियन रेस्टुरेन्ट हो। अनि ३५ वर्षीय बेसल सिरियाका। यहाँ मध्यपूर्वी देश र विशेषगरी सिरियाको खाना पाइन्छ। रेस्टुरेन्टका अर्का सञ्चालक बेसलकी श्रीमती संगीता लामा हुन्। सिरियन र नेपालीको यो जोडीले २०७२ सालदेखि रेस्टुरेन्ट चलाइरहेका छन्।

प्रकाशित मिति: : 2020-03-15 22:05:28

प्रतिकृया दिनुहोस्