आईपीएल १७ दिन पछाडि सर्‍याे

एजेन्सी

काठमाडाै‌ं

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) १७ दिन पछाडि सरेको छ ।

विश्वमा फैलदो कोरोना भाईरसका कारण प्रतियोगिता १७ दिन पछाडि सार्ने निर्णय भएको हो ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले खराब अवस्थालाई ध्यानमा राख्दै सो निर्णय लिएको जनाएको छ। पछिल्लो निर्णय अनुसार अब आईपीएल अप्रिल १५ बाट सुरु हुनेछ।

यसअघि आईपीएलको नयाँ संस्करण मार्च २९ बाट सुरु गर्ने तयारी थियो । बीसीसीआईले भनेको छ, 'क्रिकेट प्रशंसक र क्रिकेटसँग जोडिएका सबै मानिसलाई सुरक्षित क्रिकेट अनुभव गराउने उद्धेश्यले आवश्यक कदम चालिएको छ।'
 

प्रकाशित मिति: : 2020-03-14 07:33:55

प्रतिकृया दिनुहोस्