सोमबार, १५ डिसेम्बर २०२५

पञ्जाबी गीतमा जेनिशा केसी

News Image
• • •

नायिका जेनिशा केसी अहिले दुबइमा छिन्। चलचित्र नपाएपछि विदेशीएकी जेनिशा मुम्बइमा बसेर बलिउड चलचित्रमा काम गर्ने सपना बनाएकी थिइन् । तर, जेनिशाको बलिउड सपना भने पुरा भैसकेको छैन। 

दर्जन बढी नेपाली चलचित्रमा काम गरेकी जेनिशा एक पंजाबी गीतको भिडियोमा भने देखिएकी छिन्।

‘फान्टम बोलिए’ बोलको गीतमा जेनिशाको मोडलिङ हेर्न सकिन्छ। यो गीतमा पाभी घुमानको शब्द तथा संगीतमा तयार भएको यो गीतमा जेनिशालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ।

‘भिन्टाज रेकर्डस्को प्रस्तुतिमा तयार भएको यो भिडियोको छायांकन दुबइमा रमणिय स्थानमा गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!