सोमबार, १५ डिसेम्बर २०२५

श्रीमतीकाे हत्या आरोपमा पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

काठमाडौंको दक्षिणकालीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला खोटाङ पौवापोखरी गाउँपालिका वडा नम्बर ३ घर भई दक्षिणकाली नगरपालिका वडा नम्बर २ पातिंगल बस्ने ३५ वर्षीय नवीन राई पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख छेदीलाल कामतीका अनुसार गत सोमबार राईले आफ्नी ३३ वर्षीया श्रीमती पुष्पा राईलाई कुटिपट गरी सडकको किनारमा फालेका थिए।

भोलिपल्ट बिहानै उनी मृत फेला परेकी थिइन्। उनको मुख र टाउकोमा चोट लागेको थियो।  राईले मृतकको शवलाई कोठामा ल्याएर राखेका थिए। प्रहरीले कोठाबाट शव फेला पारेको कामतीले बताए ।

राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कामतीले बताए। राई विगत लामो समयदेखि बंगुर फार्ममा रेखदेख गर्दै आइरहेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!