ईटालीका सेन्टर ब्याक डेनियल रुगानीमा कोरोना भाईरसको सक्रमण भेटिएको बताएको छ।
परिक्षणको क्रममा युभेन्ट्सका डिफेन्डरसमेत रहेका रुगानीमा कोरोना पोजेटिभ संकेत देखिएको हो।
सिरि ए क्लबले उपचारको सबै प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ। साथै रुगानीसँग सम्पर्कमा रहेको सबै ब्यक्तिलाई बिशेष निगरानीमा राखिएको जनाएको छ।
क्लबले भाईरसबाट सावधानीका लागि अपनाउनुपर्ने सबै प्रक्रिया अघि बढाएको समेत जनाएको छ।
रुगानीले यस सिजन युभेन्ट्सबाट ७ खेल खेलेका थिए। रुगानीले युभेन्ट्सबाट चार सिरि एको उपाधि जितेका छन्। उनले ईटालीबाट ७ पटक खेलेका छन्।
बुधबार मात्र ईटालीको सरकारले फैलदो संक्रमणलाई ध्यानमा राखेर सबै खेलकुद गतिविधि स्थगित गरेको थियो। कोरोनाकै कारण ईटालीमा अप्रिल ३ सम्म सबै खेल गतिविधि बन्द गरिएको छ।
ईटालीमा कोरोनाका १२ हजार संक्रमित देखिएका छन्। जसमा ८ सय २७ जनाको मृत्यु भएको छ।