ओली अस्पतालमा हुँदा प्रचण्डको विरामी 'बाहना' : के हो निष्क्रियताको राजनीतिक अर्थ?

पहिलोपोष्ट

काठमाडाै‌ं

 कोरना भाइरसको संक्रमणको जोखिम रहने भन्दै सार्वजनिक कार्यक्रम नगर्न सरकारले आग्रह गरेपछि पूर्व निर्धारित कतिपय कार्यक्रम रद्द भए। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सार्वजनिक कार्यक्रम नगर्न पार्टीभित्र परिपत्र जारी गरे। त्यसपछि नेकपाको प्रदेशस्तरीय कार्यकर्ता भेलासँगै अन्य कार्यक्रम पनि स्थगनमा परे।

धेरैको संख्यामा भेला भएर कार्यक्रम नगर्न नेकपाको निर्देशनपछि स्थानीय तहमा समेत कार्यक्रम भएको छैन। त्यसो त नौ सदस्यीय नेकपाको सचिवालय बैठक पनि बस्न सकेको छैन। सत्तारुढ दलको आन्तरिक बैठक पनि नभएकाले चकमन्न छ पार्टी कार्यालय।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका छन्। गत साता मिर्गौला प्रत्यारोपण गराएका ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। ओली एक साता अस्पताल बस्दा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड'ले पनि पार्टी बैठक बोलाएका छैनन्।

प्रकाशित मिति: : 2020-03-12 03:46:52

प्रतिकृया दिनुहोस्