इंग्लिस क्लब टोटनह्यामका विंगर स्टेभेन बेर्गविजनले यस सिजनको बाँकी खेल गुमाउने भएका छन्।
एन्कलको चोट बोकेका स्टेभेनले यस सिजन आराम गर्नु पर्ने भएको छ।
टोटनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले उनले यस सिजन खेल्न सक्नेमा दुविधा रहेको बताए।
२२ वर्षे स्टेभेनले शनिबार बर्नलीसँगको खेलमा चोट बोकेका थिए।
स्टेभेनले चोट बोकेपछि टोटनह्यामलाई थप समस्या देखिएको छ। उसका कप्तान ह्यारी केन र मुख्य खेलाडी सन ह्युङ मिन चोटका कारण मैदान बाहिर रहेका छन्।