तमीमलाई कप्तानको जिम्मेवारी

एजेन्सी

काठमाडाै‌ं

बंगलादेश क्रिकेट बोर्डले ओपनर ब्याट्सम्यान तमीम इकबाललाई एकदिवसिय टोलीको कप्तानमा नियुक्त गरेको छ। आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै तमीम बंगलादेशको एकदिवसिय कप्तान रहेको जनाएको छ ।

मशरफे मोर्तजाले कप्तानी छाडेसँगै तमीम बंगलादेशका नयाँ ओडीआई कप्तान बनेका हुन्। मोर्तजा एक दिवसियमा बंगलादेशका सर्वाधिक सफल कप्तान हुन् ।

सन् २०१० देखि एकदिवसिय कप्तानी गरेका मोर्तजाले ८८ खेलमा ५० मा जित र ३६ मा पराजित हुनु परेको थियो । उनले जिम्बावेसँगको तीन ओडीआई सिरिजसँगै कप्तानी छाडेका थिए ।

तमीमले टि ट्वान्टीमा १६ सय ६० रन बनाएका छन् । जसमा १ शतक र ७ अर्ध शतक सामेल छ । एक दिवसियमा तमीमले २ सय ७ खेलमा १३ शतक र ४७ अर्ध शतक सहित ७ हजार २ सय २ रन बनाउँदै शीर्ष स्थानमा छन् ।

तमीमले ६० टेष्टमा ४ हजार ४ सय ५ रन बनाएका छन् । अब बंगलादेशले चैत्र १९ मा पाकिस्तानसँगको एक मात्र एकदिवसिय खेल खेल्दै छ ।

प्रकाशित मिति: : 2020-03-10 00:51:31

प्रतिकृया दिनुहोस्