नयाँ पत्रिका दैनिक
रोल्पाको रुम्टीगढी–८ स्थित भानु विद्यालयका विद्यार्थी प्रार्थनामा नआएको भन्दै शिक्षिकाले कुर्सीको खुट्टाले अन्धाधुन्ध प्रहार गर्दा १४ विद्यार्थी घाइते भए । छात्राहरू भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको थियो । पहिले वडाध्यक्ष भीमबहादुर घर्तीको मध्यस्थतामा मिलापत्र भएको थियो । तर, घटना सार्वजनिक भएपछि प्रहरीले शिक्षिका लक्ष्मी पुनलाई पक्राउ ग-यो । उनी धरौटीमा छुटेकी छिन् भने मुद्दा जिल्ला अदालत रोल्पामा विचाराधीन छ ।
................
थोरै प्राप्तांक ल्याएको भन्दै काठमाडौं जडीबुटीस्थित जागृति विद्यालयकी शिक्षिका सीतालक्ष्मी कर्र्माचार्यले ३४ विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाइन् । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि शनिबार उनलाई प्रहरीले पक्राउ गरेको छ ।
..............
रुपन्देहीको मर्चवारस्थित ज्ञानद्वीप बोर्डिङ स्कुलका शिक्षक शैलेन्द्र बराईले १७ पुसमा लट्ठीले कुट्दा विद्यार्थी मोहम्मद देवानको आँखामा गम्भीर चोट लाग्यो । अदालतबाट ७५ हजार धरौटीमा छुटेका शिक्षक सोही विद्यालयमा पढाइरहेका छन् ।
....................
सिराहाको मिर्चैयास्थित स्वस्तिक पाठशालामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी ऋतिक यादवको गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा हात भाँचियो । नेपाली विषयको गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले कुट्दा यादवको हात भाँचिएको हो । परिवारको उजुरीपछि प्रहरीले शिक्षिकालाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, अदालतमा पुगेपछि पीडित परिवारले बयान फेरे । उनीहरूले भने, ‘कुटेर होइन, लडेर हाँत भाँचिएको हो ।’ सो घटनामा बालबालिकासम्बन्धी ऐनका साथै अंगभंग मुद्दा चलाइएकोमा शिक्षक २५ हजार धरौटीमा छुटेका छन् । मुद्दा अदालतमा विचाराधीन छ ।
.......................
जुनसुकै मूल्यमा पनि राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाइरहेका छन् । कम नम्बर ल्याउने विद्यार्थीलाई दुव्र्यवहार गर्ने मात्र होइन, शारीरिक रूपमा कुटपिट गरेर हात भाँचिदिनेसम्मका घटना भएका छन् । यातनाकै कारण विद्यार्थीले आत्महत्यासमेत रोजेका छन् । कानुनले विद्यार्थीमाथि कुटपिट र यातनालाई फौजदारी अपराध मानेको छ । तर, यातनामा संलग्न शिक्षकलाई सामान्य दण्डसम्म दिइए पनि विद्यालयलाई उन्मुक्ति दिने गरिएको छ । त्यसैले विद्यालयभित्रै विद्यार्थीमाथि वर्षमा यातनाका दर्जनौँ घटना बढेका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया