राजश्व नतिर्ने पाँचतारे होटल तथा रिसोर्टलाई सरकारको ३५ दिने सूचना, रकम नबुझाए सम्पत्ति लिलामी !

सोल्टी, अन्नपूर्ण, याक एण्ड यति, फूलबारी रिसोर्ट, एभरेष्ट क्यासिनोलगायतबाट अर्बौँ राजश्व उठाउन बाँकी

रातोपाटी

काठमाडौं

सरकारले सरकारी राजश्व नतिर्ने ठूला होटल तथा रिसोर्टहरुलाई ३५ दिनभित्र बाँकी रकम तिर्न सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार महालेखा नियन्त्रक कार्यालयले सरकारी राजश्व तिर्न बाँकी रहेका १ सय २३ जना व्यक्ति तथा फर्महरुको नामावाली र तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र सरकारी बाँकी रकम तिर्न सूचना प्रकाशन गरेको हो ।

३५ दिनभित्र पनि सरकारी राजश्व तिर्न नआएमा सरकारी बाँकी सरह असुल उपरका लागि सम्पत्ति लिलामीको प्रक्रियामा लैजानेसमेत चेतावानी दिइएको छ । महालेखा नियन्त्रक कार्यालयले शुक्रबार प्रकाशन गरेको सूचनामा पूर्व सांसददेखि ठेकेदार कम्पनी, पाँचतारे होटल तथा रिसोर्ट, क्यासिनो र मिनि क्यासिनोदेखि लिएर साना फर्म समेत रहेका छन् ।

प्रकाशित मिति: : 2020-03-07 03:10:32

प्रतिकृया दिनुहोस्