'कुडा कर्णालीका'काे तेस्राे दिन पनि गरमागरम बहस हुँदै

गरिवी, अभाव र पछौंटेपनको पर्याय मात्रै देखिएको कर्णालीमा पछिल्लो समय सम्पूर्ण पक्षमा बहस भइरहेको छ। कर्णाली उत्साव ‘कुडा कर्णालीका’ नामक बौद्धिक बहस बुधबारसम्म चल्नेछ।

बुलबुले उद्यानमा चलिरहेको कर्णाली उत्सवमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, इतिहास तथा प्रविधिक विषयमा गरमागरम बहस भइरहेको छ।

‘कुडा कर्णालीका’मा बुधबार पाँचवटा सत्रमा २२ जनाबीच बहस चल्नेछ। 

बिहान ११ देखि १२ बजेसम्म तेस्रो दिनको पहिलो सत्र कर्णाली कसरी बन्छ ? अर्थात, ‘कहरी बनला कर्नाली? चल्नेछ। यसमा धर्म रेग्मी, केवलप्रसाद भण्डारी, डा.अर्जुनबहादुर अयडी र  भोजराज पौडेलले बहस गर्नेछन् भने सञ्चालन दिपेन्द्र चौलागाईंले गर्नेछन्।

कर्णाली प्रदेशमा १० वटा जिल्ला भएपनि घुमन्ते राउटे जातिको ११ औं जिल्लाको विषयमा बिहान १२ः०० देखि १ः०० बजेसम्म छलफल चल्नेछ। यस सत्रमा खेमराज वली, डा. डम्बर चेमजोङ, सत्यदेवी अधिकारी र सूर्यनारायण शाहीले बहस गर्नेछन् भने यस सत्रको सञ्चालन चर्चित पत्रकार टिकाराम यात्रीले गर्दैछन्।  

दिउँसो १ः०० देखि २ः०० बजेसम्म ‘कृषि, पर्यटन र पानी, पूर्वाधारमा लगानी’ नामक सत्र चल्दैछ भने उक्त सत्रमा बिमला केसी, देवकुमार सुवेदी र सञ्जिव बराल रहनेछन्। यस सत्रको सञ्चालन कुबेर चालिसेले गर्नेछन्।

त्यस्तै दिउँसो २ः०० देखि ३ः०० बजेसम्म ‘काला पहाडका तोडा’ नामक सत्र चल्नेछ। उक्त सत्रमा योगेन्द्र शाही, कविन्द्र केसी र युवराज बस्नेतले बहु गर्नेछन् भने सञ्चालन कलेन्द्र सेजुवालले गर्द‌छन्।

दिउँसो ३ः०० देखि ४ः०० बजेसम्म ुडिजिटल कर्णालीुको विषयमा छलफल हुँदैछ। यस सत्रमा वीरेन्द्रकुमार यादव, अस्गर अली र डा. सुधांशु दाहालले बहस गर्नेछन् भने सञ्चालन गणेश आचार्यले गर्दैछन्।

तीन दिनसम्म भएको चर्को बहसका सम्पूर्ण सत्रहरु सकिएपछि ४ः० देखि ६ः०० बजेसम्म समापन तथा सांस्कृतिक कार्यक्रम गरिने आयोजक समितिका संयोजक कमल लम्सालले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-05 00:14:04

प्रतिकृया दिनुहोस्