बिएल संवाददाता
विश्व टी २० का बादशाह वेष्ट इन्डिजका क्रिस गेलले आफू नेपाल आएर खेल्न आतुर रहेको बताएका छन्। उनले मंगलबार एक सन्देश जारी गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी२० को चौथो संस्करण खेल्न आतुर रहेको बताएका हुन्।
पोखरा राइनोजमा अनुब्नध भएका गेलले लगत्तै दोस्रो ट्वीट गर्दै गेल स्ट्रोमको लागि तयार हुन भनेका छन्। ‘मार्च ४ देखि टिकट खुल्ला हुनेछ। गेल स्ट्रोमका लागि तयार हुनुस्। इपीएलका लागि तपाईको टिकट बुक गर्नुस् र बोसले खेलेको हेर्न तयार हुनुस्। मार्च १४ देखि इपीएल शुरु हुँदैछ।’
साथै उनले नेपाली समर्थकलाई आफ्नो खेल हेर्न तयार हुन पनि आग्रह गरेका छन्। ‘ईपीएलका लागि नेपाल आउन थप कुर्न सक्दिन। ‘हजारौं नेपाली दर्शकको सामु खेल्न आतुर छु’ गेलले लेखेका छन्, ‘मेरो पहिलो भ्रमण अनि (कोङ्दे) सगरमाथामा पुगेर पहिलो सट हान्न उत्सहित छु।’
यही मार्च १४ (चैत १) देखि काठमाडौंमा ईपीएल टी२० को चौथो संस्करण आयोजना हुँदैछ। ईपीएलको खेल तालिका सार्वजनिक भइसकेको छ। अब प्रतियोगिता शुरु हुन दुई हप्ता भन्दा कम समय बाँकी छ।
गेल मार्च १२ मा नेपाल आउने उनको टिम पोखराले यसअघि नै जानकारी गराइसकेको छ। यस्तै ईपीएल २०२० को उद्घाटन खेलमै पोखराले साविक विजेता तथा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्ससँग खेल्नेछ।
त्यसैले गेलले पहिलो खेल नै खेल्ने सम्भावना बढी छ। पोखराले गेलसँगै वेष्ट इन्डिजकै बलर केसरिक विलियम्स र स्कटल्याण्डका ब्याट्सम्यान जर्ज मुनसेलाई विदेशी खेलाडी कोटामा अनुबन्ध गरिसकेको छ।
पोखरामा विनोद भण्डारी, पृथु बास्कोटा, सुनिल धमला, सुशन भारी, किशोर महतो, ऋत गौतम जस्ता खेलाडी छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया