अर्थमन्त्रीज्यू, बहसका लागि कहाँ आऊँ ?

रातोपाटी

काठमाडौं

कृष्ण अविरल​

मलाई थाहा छ, निरङ्कुश शासकहरुसामु प्रश्न सोध्न अक्षम्य अपराध हो । यो लेख प्रकाशनसँगै म सम्बद्ध मञ्जरी पब्लिकेसनमा आन्तरिक राजस्वका कर्मचारी पठाएर छापा मारिने पक्का छ । किनकि यो सरकार पनि पञ्चायती र ज्ञानेन्द्र–राजकै नवसंस्करण हो । दम्भ, अहङ्कार र इतर विचार राख्नेप्रति पूर्वाग्रहले ग्रस्त यस सरकारले देखाएका त्यसखाले रवैयाका दृष्टान्त अनेक छन् ।

पुस्तकमा लगाइएको छ थरि करले व्यवसाय र आम पाठकमा पर्न सक्ने असरका बारेमा तपाईंको ध्यानाकर्षण गराउन केही महिनाअघि प्रकाशक एवम् व्यवसायीहरुको टोली तपाईंकहाँ गएको थियो । व्यवसायीहरुको कुरा सुन्नुको साटो तपाईंले उल्टो झपारेर मात्रै पठाउनु भएन भोलिपल्टै उक्त टोलीमा जाने व्यवसायीहरुकहाँ छापा मार्न अन्तरिक राजस्वका कर्मचारी खटाउनु भयो । विद्वानको पगरी भिर्न मन पराउने तपाईंले बुझेर नि बुझ पचाएको कुरा हो– बद्मासी गर्ने नियत भएको मान्छेले साहित्यिक एवम् अनुसन्धानमूलक पुस्तक व्यवसाय गर्दैन । बरु रातारात मालामाल हुनसक्ने गेसपेपर र गाइड छाप्ने धन्दामा लाग्छ । विदेशी पुस्तक आयात नभएको मौका छोपेर रातारात डुब्लिेकट पुस्तक निकालेर ‘स्वदेशी मुद्रण उद्योगको प्रवद्र्वन’ गर्छ । र, अर्बपति बनी तपाईंको कान भर्छ 

प्रकाशित मिति: : 2020-03-03 02:15:39

प्रतिकृया दिनुहोस्