पर्शुराम काफ्ले
सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ । पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतका रूपमा चीन पठाउने निर्णय गरेको छ ।
पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर तुरुन्त फर्काउने निर्णय गरेको सरकारले नेताका सासू, साली र व्यापारीका छोरीको काममा भने प्रश्न उठाएको छैन ।कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणा जापानमा राजदूत छिन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकारले राणालाई वैशाख ०७४ मा राजदूत बनाएको हो ।
जापानजस्तो नेपालको असल विकास साझेदार देशमा बुढेसकालमा आराम गर्न राणालाई पठाइएको हो । उनको कामको विषयमा परराष्ट्र मन्त्रालयका कुनै पनि अधिकारी सन्तुष्ट छैनन् । त्यतिवेला कांग्रेस सरकारमा रहेकाले उनको नियुक्त भयो । अहिले देउवा प्रतिपक्षी दलका नेता भएकाले सरकारले राणालाई फिर्ता बोलाउन सकेको छैन ।
कांग्रेस र माओवादीकै सरकारका पाला विजय गच्छदारको पार्टीको कोटाबाट शर्मिला पराजुली ढकालले राजदूत हुने अवसर पाएकी थिइन् । म्यानपावर व्यवसायी उनलाई ओमानका लागि राजदूत बनाइएको थियो । नेपाली कामदारका लागि ओमान पनि आकर्षक गन्तव्य हो । तर, कामदारको हकहित संरक्षण गर्ने होइन, म्यानपावर व्यवसाय प्रवद्र्धन गर्न दिने उद्देश्यले पराजुलीलाई राजदूत बनाइएको थियो । तत्कालीन सरकार मात्र होइन, वर्तमान सरकारको नेतृत्वसँग पनि उनले धेरै राम्रो सम्बन्ध बनाएकी छिन् । त्यसैले उनको पद पनि सुरक्षित छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया