प्रचण्डलाई जुत्ता हान्ने युवक शहीदका छाेरा हाेइनन् !

सिंजा गाउँपालिका १ घोडेङ्गा निवासी रतन तिरुवा अमिन पढेका हुन्। उनले सुर्खेतमा अमिन पढिसकेपछि लोकसेवा आयोगको तयारी कक्षाको लागि काठमाडौंमा बसोवास गर्दै आएका थिए।

रतनले आफूलाई शहीदको छोरो दाबी गरेका छन्। माओवादीले जनयुद्धको बेला बुबा मन तिरुवा २०५७ सालमा हत्या गरेकाे उनकाे आरोप छ। तर, माओवादीले तयार पारेको ११२२० जना शहीदको सूचीमा रतनका बुबाको नाम उल्लेख छैन। यता १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम छैन।

साविक माओवादीले संकलन गरेको शहीद र बेपत्ताको सूचिमा तिरुवाका बुबाको नाम फेला नपरेको हो। उनका बुबाको जनयुद्धको बेला मृत्यु भएको भन्ने सुनेको भएपनि यर्थात कुरा थाहा नभएको स्थानीय सत्य सिंह खत्रीले बिएल नेपाली सेवालाई बताए। उनी नेकपा विप्लव समूहका जुम्ला जिल्ला इन्चार्ज चन्द्रविर तिरुवा रविकिरणका दाईका छोरा हुन्। 

हाल उनकी आमाले अर्को विवाह गरिसकेकी छन् भने उनी घरमा एक्लै छन्। 

उनले आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी जुत्ता हानेका थिए। 

रतनले प्रचण्डलाई जुत्ता हाने लगत्तै नेकपा जुम्लाले जुत्ता प्रहार गर्ने सिंजा गाउँपालिका घोडेङ्गा गाउँका रतन शहीद परिवार र नेकपाको समर्थक नभएको जुम्लाका अध्यक्ष बीरबहादुर कुवरले बताए। 

‘२२ वर्षे रतन कसरी पूर्व लडाकु हुन सक्छ? रतनका बाबु भारतमा मरेको हुन,’ उनले भने, ‘उनी शहीद होइनन्। रविकिरण तत्कालीन माओवादीको जिल्ला कमिटिमा हुँदा नक्कली कागज बनाएर शहीदको सुचिमा राखेको देखिन्छ।’ 

अध्यक्ष कुवरले प्रेस विज्ञप्तिमा, ‘जति निन्दा गरेपनि नपुन्ने यो अराजनैतिक उदण्ड, आंतककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिंजा गाउंपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहीद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म होइन्। यो विप्लप समूहको गतिविधिमा रहेको व्यक्ति हो।’

याे पनि
प्रकाशित मिति: : 2020-03-02 11:12:48

प्रतिकृया दिनुहोस्