अमेरिकी राष्ट्रपतिको विदेश भ्रमणमा किन समावेश हुन्छ, फुटबल र बिस्किट?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको तयारीका लागि अमेरिकी सिक्रेट एजेन्सी एक महिनाअघि नै भारत आइसकेको खुलासा भएको छ। 

आफ्नो राष्ट्रपतिको सुरक्षालाई मध्यनजर गर्दै अमेरिकी सरकारले सुरक्षा उपकरण र सञ्चार उपकरण भारतमा ल्याउन भारतीय अधिकारीसँग स्विकृति मागेका थिए। 

अमेरिकी राष्ट्रपतिको सुरक्षाका लागि सक्रिय रहेको सिक्रेट सर्भिससँग जोडिएको सबैभन्दा रोचक नाम हो, फुटबल र बिस्किट। 
सबैलाई रमाइलो लाग्न सक्छ, अमेरिकी राष्ट्रपतिको विदेश भ्रमणमा फुटबल र बिस्किटको के काम? तर, यो खाने र खेल्ने चिज होइन। 

फुटबलको अर्थ हो, एउटा कालो रंगको छालाको ब्रिफकेश। जुन अमेरिकी राष्ट्रपति विदेश भ्रमणमा निस्किदा सँगै हुन्छ। यो विश्वको सबैभन्दा शक्तिशाली ब्रिफकेश हो। यसमा परमाणु डिभाइसको गोप्य कोड र अलार्म जोडिएको हुन्छ। ब्रिफकेशको माथि एउटा एन्टीना निस्किएको हुन्छ, जुन सेटलाइट फोनसँग जोडिएको हुन्छ। 

सन् १९६२ देखि अमेरिकी राष्ट्रपतिको विदेश भ्रमणमा यो ब्रिफकेश सँगै रहँदै आएको छ। 

फुटबलसँगै बिस्किट पनि अमेरिकी राष्ट्रपतिको विदेश भ्रमणको महत्वपूर्ण अंग हो। यो छालाको ब्यागमा हुन्छ। बिस्किटको जस्तै आकार रहेको यो प्लास्टिकयुक्त कोड हो। जुन अमेरिकी राष्ट्रपतिलाई परमाणु हतियार प्रयोग गर्न आवश्यक पर्ने कोड यसमा हुन्छ। 
 

प्रकाशित मिति: : 2020-02-25 21:40:03

प्रतिकृया दिनुहोस्