राजनीतिक तुलोमा गोकुल एकातिर अरू सबै अर्कोतिर जस्तो हुन्छ : प्रधानमन्त्री
मन्त्री बाँस्कोटा र यती होल्डिङ्सका सञ्चालक आङछिरिङ शेर्पा फ्रेन्च कम्पनी आइएन ग्रुपसँग डिल गर्न सँगै पेरिस जाने तयारीमा थिए तर, अघिल्लो १५ फागुनमा पाथीभरामा हेलिकोप्टर दुर्घटनामा शेर्पाको निधन भएपछि बाँस्कोटा सरकारी कर्मचारीसँग फ्रान्स पुगेका थिए
२६ वैशाख ०७३, राष्ट्रपतिका रूपमा पहिलोपटक विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा १३८ बुँदा थिए, जसको १०९औँ बुँदामा उल्लेख थियो– ‘सुरक्षण मुद्रणसम्बन्धी कानुनमा सुधार गरी सुरक्षण मुद्रण कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिनेछ ।’