ओलीको पहिलो कार्यकालमै एजेन्टको सेटिङमा नीति तथा कार्यक्रममा परेको थियो सेक्युरिटी प्रेस खरिद कार्यक्रम

राजनीतिक तुलोमा गोकुल एकातिर अरू सबै अर्कोतिर जस्तो हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले दुई दिनअघि मात्रै सञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहजिल्ला पुगेर उनको भरपूर प्रशंसा गरेका थिए । ओलीको भनाइ थियो, ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ । आज देशमा राजनीतिक तुलोमा राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्कोतिर अरू सबैजस्तो हुन्छ । सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बाँस्कोटातिर हेर्नेबित्तिकै चुप्प लाग्ने अवस्था छ ।’

मन्त्री बाँस्कोटा र यती होल्डिङ्सका सञ्चालक आङछिरिङ शेर्पा फ्रेन्च कम्पनी आइएन ग्रुपसँग डिल गर्न सँगै पेरिस जाने तयारीमा थिए तर, अघिल्लो १५ फागुनमा पाथीभरामा हेलिकोप्टर दुर्घटनामा शेर्पाको निधन भएपछि बाँस्कोटा सरकारी कर्मचारीसँग फ्रान्स पुगेका थिए

२६ वैशाख ०७३, राष्ट्रपतिका रूपमा पहिलोपटक विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा १३८ बुँदा थिए, जसको १०९औँ बुँदामा उल्लेख थियो– ‘सुरक्षण मुद्रणसम्बन्धी कानुनमा सुधार गरी सुरक्षण मुद्रण कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिनेछ ।’

देशमा सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रम घोषणा हुँदा सांसदहरूले टेबुल ठोकेर स्वागत गरेका थिए । यो घोषणा सेक्युरिटी प्रेस बेचबिखन गर्ने विदेशी कम्पनीका एकजना एजेन्टले सरकारको नीति तथा कार्यक्रममा पार्न लगाएका थिए भन्ने टेबुल ठोक्ने सांसदहरूलाई हेक्का पनि थिएन । आफ्नो ‘स्किम’ सरकारको नीति तथा कार्यक्रममा पार्न सफल स्विस कम्पनी केबिए नोटासिसका एजेन्ट विजयप्रकाश मिश्र भन्छन्, ‘सेक्युरिटी प्रेस खरिद गर्न सकिन्छ र सबैलाई फाइदा हुन्छ भनेर मैले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई कन्भिन्स गरेँ, त्यसैले नीति तथा कार्यक्रममा यो ‘स्किम’ परेको हो ।’

प्रकाशित मिति: : 2020-02-21 21:11:22

प्रतिकृया दिनुहोस्