उठ्ने नै भयो ‘पुलिस एकेडेमी’ ! ‘राष्ट्रपतिलाई यतिधेरै क्षेत्र किन चाहिएको हो बुझ्न सकिएन’

बाह्रखरी

काठमाडौं

नेपाल प्रहरीको इतिहास जोडिएको प्रहरी प्रशिक्षण प्रतिष्ठान ‘पुलिस’ एकेडेमी वैशाखसम्ममा काभ्रेको पनौती सार्ने तयारी भएको छ । त्यसका लागि अस्थायी प्रकारको ‘प्रि–फ्याव’ निर्माण भइरहेको छ । 

नेपाल सरकारकै बजेटमा प्रि–फ्याव निर्माण कार्य भइरहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानकी एसपी तारादेवी थापाले बताइन् । 

संरचना निर्माणका लागि विभिन्न निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । 

‘प्रि–फ्याव’ संरचना अस्थायी तर पक्की संरचना हो । भारतले काभ्रेमा प्रहरी एकेडेमी बनाइदिने सम्झौता भए पनि कतिपय विषयमा उसले असहमति राखेपछि तत्कालका लागि सरकार आफैँ सक्रिय भएको हो । 

सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तारका लागि भन्दै महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेपछि वैशाखसम्म सार्ने तयारी भएको हो । 

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले वैशाखसम्म सार्ने हिसाबले पनौतीमा निर्माण कार्य भइरहेको बताए । 

प्रकाशित मिति: : 2020-02-20 21:13:10

प्रतिकृया दिनुहोस्