आगामी वर्ष जेठ २ मा ‘सम्झना बिर्सना’

चलचित्र ‘सम्झना बिर्सना’ आगामी वर्ष जेठ २ गते रिलिज हुने भएको छ। पोस्टर सार्वजनिक गर्दै जेठ २ लाई रिलिज मिति तोकेको हो। 

निमेष प्रधान निर्देशित लभस्टोरी चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ। सार्वजनिक पोस्टरमा पूजा र आकाशको जोडीलाई रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारको पनि अभिनय छ। 

चलचित्रको कथा र पटकथा निर्देशक प्रधानले नै लेखेका हुन्।

चलचित्रमा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, शिशिर राणाको संवाद र कमल राईको कोरियोग्राफी छ।

प्रकाशित मिति: : 2020-02-18 11:29:11

प्रतिकृया दिनुहोस्