बिएल संवाददाता
नेपाल एशोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी शाखाको चुनाव आउँदो शनिबार पोखरामा हुँदैछ । त्यसैले चुनावी सरगर्मी बढेको छ । उक्त चुनावमा युवा व्यवसायी सञ्जयकान्त सिग्देलको अगुवाईमा स्वतन्त्र समावेशी समूहले उम्मेदवारी दर्ता गराएको छ ।
सिग्देलको समूहमा प्रथम उपाध्यक्ष हरेराम अधिकारी, दितिय उपाध्यक्षमा किशोर दाहाल, महासचिवमा कमला गिरी, सचिवमा संगीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी, सहकोषाध्यक्षमा प्रदिप काफ्ले र कार्यकारी सदस्यहरुमा रत्नराज रेग्मी, सन्दिप श्रेष्ठ, ताराप्रसाद गौतम, सुबास पहारी र तुलबहादुर गुरुङले उम्मेदवारी दिएका हुन् ।

सिग्देल विगत दुई दशकदेखि पर्यटनमा क्रियाशिल रहँदै आएका युवा हुन् । यसैगरी व्यवसायी समूहको नाउँमा झवि अधिकारीको समूहले उम्मेदवारी दिएको छ । अधिकारीको समूहले चार दिन अगाडि नै आफ्नो प्यानल घोषणा गरेको थियो भने सिग्देल समूहको घोषणा बिहीबार मात्र भएको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया