बिएल संवाददाता
पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहिबार भएको खेलमा डिजोनमाथि ६–१ को जित सहित पीएसजी अन्तिम ४ मा प्रवेश गरेको हो।
वेस्ले लाउटोआको आत्मघाति गोलसँगै पहिलो मिनेटमै पीएसजीले खेलमा अग्रता बनाएको थियो। डिजोनका मौनीर चौईरले १३ औंं मिनेटमा खेल बराबरीमा ल्याएका थिए।
केलियन एम्बाप्पेले ४४ औंं मिनेटमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा अग्रता दिलाए।
थिएगो सिल्भाले ५० औं मिनेटमा गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए।
लगत्तै पाब्लो साराबियाले ५५ औंं मिनेटमा पीएसजीका लागि चौथो गोल गरे। खेल सकिन चार मिनेट अगाडी सेनु कौलबलीको आत्मघाति गोलसँगै पीएसजी खेलमा ५–१ ले अघि बढ्यो।
ईन्जुरी समयमा साराबियाले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ६–१ गोल अन्तरको फराकिलो जित दिलाए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया