नारायण नगरपालिका ४ रातापानीका भरतबहादुर सिजाली पक्षघात (प्यारालाइसिस)ले ६ महिनादेखी ओछ्यानमै थला परेका छन् । ५ जना परिवारलाई पाल्ने भरत विरामी परेपछि सिजाली परिवारामा विचल्ली भएको छ । आफु विरामी पर्दा पनि उनलाई आफ्नो भन्दा जहान परिवारकै चिन्ताले पिरोल्न थालेको छ । उनको घरमा दुई सन्तान आमा बाबु श्रीमती छन् । तर भरत बाँच्न चाहन्छन । आर्थिक अवस्था कमजोर भएका कारण उपचार पाउन सकेको छैन । मजदुरी गरेर उनले जहान परिवार पाल्दै आएका थिए ।