सार्वजनिक जग्गामा व्यक्तिको रजाईँ, राजा वीरेन्द्रले मुआब्जा दिँदा पनि छाडेनन्

वडाअध्यक्ष नै मतियार

खोटाङ : जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल र सरकारी जग्गाहरू स्थानीयवासीको अतिक्रमणको चपेटामा परेको पाइएको छ। विश्व प्रसिद्ध हलेसी (हलेश्वर महादेव), बराहपोखरीको (शङ्खेश्वरी महादेव), बुद्धेश्वर महादेव, रूपाकोट, मझुवागढीलगायत धार्मिक तथा पर्यटकीयस्थल र सरकारी जग्गा स्थानीयवासीले अतिक्रमण गरेको पाइएको हो।

हलेश्वर महादेवको नाममा रहेको हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, माल्कु, गैरीगुठ, डाँडागुठलगायतको जग्गा स्थानीयवासीले कब्जा जमाएपछि गुरुयोजना निर्माणमा अवरोध भएको नगरप्रमुख इवन राईले बताए। “स्थानीयवासीले जग्गा कब्जा गरेपछि हलेसीको बृहत्तर विकासमा समस्या आएको छ”, उनले भने, 'हलेसीको बृहत् गुरुयोजनामा हलेसी गुफा आसपासका २०० मिटर वरिपरिको जग्गा आवश्यक पर्छ। स्थानीयको अवरोधका कारण गुरुयोजना निर्माणमा अवरोध भएको छ।'
 

प्रकाशित मिति: : 2020-02-11 02:18:52

प्रतिकृया दिनुहोस्