नाटक खेलेर जीवन चलाउन सकिन्न : अशेष मल्ल

बाह्रखरी

काठमाडौँ

सर्वनाम थिएटर र अशेष मल्ल एकअर्काका पर्यायवाची हुन् । सर्वनाम उनकै परिकल्पना हो । पञ्चायतकालदेखि नाटक मार्फत् स्वतन्त्रताको वकालत गरिरहेका उनी आजसम्म पनि यसै क्षेत्रमा सक्रिय छन् । करिब ५ दशकदेखि उनले नाटक मञ्चन र रङ्गकर्मी उत्पादन गर्दै आएका छन् । नाटकप्रतिको यो लगावलाई उनी आफ्नो ‘पागलपन’ भन्न पनि हिचकिचाउँदैनन् ।

किनकि यसमा कुनै देखिने लाभ छैन, तर मानसिक आनन्द भने अतुलनीय छ । अशेषलाई अधिकांशले नाट्यकर्मीका रुपमा मात्रै चिन्छन्, तर उनी कवि, कथाकार पनि हुन् । उनीसँग नाट्ययात्रा, साहित्य र सिर्जनाका अन्य विषयमा १२खरीकर्मी वर्षा महर्जनले गरेको कुराकानीको सार :

प्रकाशित मिति: : 2020-02-09 05:05:23

प्रतिकृया दिनुहोस्