‘चौँसट्ठी कला’को रहस्य

संस्कृत वाङ्मयमा ‘चौँसट्ठी कला’ को प्रसङ्ग् सर्वत्र पाइन्छ । यो लेख तिनै ‘चौँसट्ठी’ ओटा कला के के रहेछन् अनि हाम्रो संस्कृतिमा तिनीहरूको कहाँ के काम रहेछ भन्ने खुल्दुलीले गर्दा नै जन्मेको हो । मलाई हाम्रो वैदिक गुरुकुलीय शिक्षा कस्तो थियो भन्ने कुरो खोज्न मन लाग्यो । चौँसट्ठी कला विषयको यो लेख त्यो गुरुकुलीय शिक्षा बारे गरिएको अनुसन्धानकै पूरक भाग हो ।

गुरुकुलीय शिक्षा वैदिक शिक्षा प्रणाली हो । वेद चार ओटा (ऋग्वेद, यजुर्वेद, साम वेद र अथर्व वेद) छन् । तिनीहरू मध्ये ‘ऋग्वेद’ सबै भन्दा पुरानो हो भने, ‘यजुर्वेद’ सबै भन्दा कान्छो होला । ‘शुक्ल यजुर्वेद’ र ‘कृष्ण यजुर्वेद’ गरी यजुर्वेदका संहिता दुई किसिमका छन् । कृष्ण यजुर्वेद दक्षिण भारतमा प्रचलित छ भने, शुक्ल यजुर्वेद चाहिँ उत्तर भारतमा प्रचलित छ । शुक्ल यजुर्वेदको ‘वाजसनेयी संहिता’ जनक राजाका सभा पण्डित याज्ञवल्क्यले बनाएको कुरो ‘शतपथ ब्राह्मण’ मा लेखिएको छ । गार्गी र मैत्रेयी नामका विदुषीहरू याज्ञवल्क्यकै पत्नी हुन् ।

प्रकाशित मिति: : 2020-02-09 04:56:27

प्रतिकृया दिनुहोस्