चाबहिलमा त्रिपिटक वाचनको प्रचारप्रसारका लागि साइकल यात्रा

काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित चारुमती विहारमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको प्रचारप्रसारका लागि शनिबार साइकल यात्रा गरिएको छ।

चाबहिलदेखि शुरु भएको साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै चारुमती विहारमै फर्किएको छ।

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसिप एशोसिएशनको संयुक्त आयोजनामा सन्चालन गरिएको उक्त कार्यक्रमको शुभारम्भ नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले गरेका थिए।

समाजमा सकारात्मक चिन्तनको विकास गर्न बौद्ध दर्शनको महत्व रहेको उनको भनाइ छ। 'विहार प्राचीन सम्पदास्थल भएकाले त्यसको सरक्षणमा आफू क्रियाशील रहनेछु' उनले भने।

नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको कार्यक्रमका संयोजक भिक्षु तपस्वी धम्मको भनाइ छ। साइकल यात्रामा १०० बढीको सहभागीता थियो भने विभिन्न देशका राजदूतहरुकोसमेत सहभागिता रहेको थियो।

 

प्रकाशित मिति: : 2020-02-09 01:50:31

प्रतिकृया दिनुहोस्