भरतपुरको फर्निचर उद्योगमा आगलागी 

भरतपुर महानगरपालिका–५ नारायणपुरस्थित फर्निचर उद्योगमा आगलागी भएको छ।  जीवन श्रेष्ठले सञ्चालन गरेका उक्त फर्निचरमा विद्युत् चुहावट हुँदा आगलागी भएको हो।

शनिबार बिहानदेखि लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।

आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसँगै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, दियालो बङ्गला आँपटारी र कावासोतीसहित पाँच वटा दमकलले काम गरिरहेको उनले बताए। 

आगो नियन्त्रणमा नआएकोले क्षतिको विवरण आउन नसकेको प्रहरी कोइरालाको भनाई छ।

 

प्रकाशित मिति: : 2020-02-09 00:47:30

प्रतिकृया दिनुहोस्