शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
पश्चिमी न्यून–चापीय प्रणालीको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको हो ।
अन्य ठाउँमा भने एकैछिन घाम लाग्दै बादल लाग्ने महाशाखाले जनाएको छ। मौसम बदली भएका कारण केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन ।
आगामी दुई दिनको मौसम पूर्वानुमान
माघ २५ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
माघ २६ गते (आईतबार)
दिउँसोः देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।
रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।