ठगीको आरोपमा अधिवक्ता रानामगर पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर रानामगर ठगीको आरोपमा पक्राउ परेका छन्। थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन्। 

उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीले दाबी गरेको छ।

दाहाल राजस्व चुहावटको आरोपमा २७ मंसिर २०७५ मा पक्राउ परेका थिए र उनीसँग २ करोड २५ लाख रुपैयाँ धरौटीमा मागिएको थियो।
 

प्रकाशित मिति: : 2020-02-08 06:02:49

प्रतिकृया दिनुहोस्