जिप्रका सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगीवविरुद्द मुद्दा दायर

बिएल संवाददाता

काठमाडाै‌ं

जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी केशव कुमार यादवविरुद्द मुद्दा दायर गरिएकाे छ। 

उनलाई  बिचाराधीन रहेको अभद्र व्यवहार सम्बन्धी मुद्दाको छिटो पेशी चढाई टुंग्याइदिने प्रयोजनमा ४ हजार रुपैयाँ घुस लिरहेकाे अवस्थामा रंगेहात पक्राउ गरेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले यादवविरुद्द ४ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आयोगले मुद्दा दायर गरेकाे छ।

प्रकाशित मिति: : 2020-02-08 04:52:41

प्रतिकृया दिनुहोस्