महेश नेपाली
चीनबाट सुरु भई विश्वभर सनसनी मच्चाइरहेको कोरोना भाइरसबाट बँच्न जुम्लामा सचेतना र्याली निकालिएको छ। चीनमा एक महिनादेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि फैलिन सक्ने भन्दै नागरिकलाई सचेत बनाउने उदेश्यले र्याली निकालिएको हो।
जिल्ला प्रशासन कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला प्रहरी कार्यालयको साझेदारीमा सचेतना कार्यक्रम आयोजना गरेको हो।
भाइरसबाट बच्ने उपाय र यसको लक्षणबारे लेखिएको प्लेकार्डसहित जुम्ला सदरमुकाम खलंगा बजारमा आम नागरिकसहित र्याली निकालिएको जुम्लाका सिडिओ दुर्गा बञ्जाडेले बताइन्।
भाइरसबाट बच्ने उपाय र त्यसका लक्षणबारे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक देवेन्द्रमान पालिखेले जानकारी दिए।
चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ४ सय ९१ पुगेको छ। कोरोनाका कारण चीनमा मात्रै २० हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।
विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गरेका थिए। यता चीन बाहिर दुई जनाले ज्यान गुमाएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया