पत्रकारलाई आशंकीत नहुन प्रधानमन्त्रीको आग्रह

आफ्नो सरकारको प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने कुनै अभिप्राय नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। उनले आफू पनि स्वतन्त्रताका लागि १४ वर्ष जेल बसेको प्रसंग उप्काउँदै सबै मिडियालाई आशंकित नहुन र आश्वस्त हुन आग्रह गरे।

सम्पादकहरूसँग मंगलबार बालुवाटारमा भेट गर्दै उनले भने, ‘म आफै ५५ वर्ष स्वतन्त्रताको निम्ति लडे। मानवअधिकारको निम्ति लडेको छु। मानवअधिकारको अभाव कस्तो हुन्छ। मैले धेरै भोगेको छु। त्यसकारण म आश्वस्त पार्न चाहन्छु। आशंकीत नहुनुहोस्।’ 

उनले मिडिया विधेयकमा उठेको विषय सच्चाउन सकिने भन्दै पत्रकारिता पूर्ण स्वतन्त्र हुने आश्वासन दिए। सभ्य समाजका लागि केही कानुन बनाउनु पर्ने भएको भन्दै उनले सहमतिमा धेरै कुरा निक्यौल गर्न सकिने बताए। 

यसअघि सम्पादकहरूले मिडिया विधेयकमा उठेका केही बुँदाहरूमा आपत्ति जनाएका थिए। 
 

प्रकाशित मिति: : 2020-02-05 11:11:10

प्रतिकृया दिनुहोस्