चितवनमा सरुवा भएकी एसपी पन्तलाई पर्सा पठाइयो

बिएल संवाददाता

काठमाडाै‌ं

प्रहरी प्रधान कार्यालयले चितवनमा एसपी नान्तीराज गुरूङलाई पठाएको छ। चितवनमा सरुवा गरिएकी एसपी गंगा पन्त राजनीतिक दबाबका कारण जान नसकेपछि विकल्पमा नयाँ एसपीलाई अघि सारिएको हो।

एसपी पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ।

पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर काठमाडौं प्रहरी परिसर सरूवा भएका छन्।

प्रकाशित मिति: : 2020-02-05 05:52:20

प्रतिकृया दिनुहोस्