चीनबाट ल्याइने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गराैं: सांसद यादव

बिएल संवाददाता

काठमाडाै‌ं

समाजवादी पार्टीका सांसदले चीनबाट उद्दार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पार्टीका सांसद प्रदीप यादवले चीनबाट नेपाल ल्याइने नागरीकहरुलाई राख्न सरकारले पाँच दिनदेखि लगातार स्थान खोज्दा ठाउँ नपाउनु दुखद भएको भन्दै उनले संसद भवन नै खाली गर्न प्रस्ताव गरेका हुन्।

‘चीनबाट ल्याउने नेपाली राख्न सरकारले पाँच दिनदेखि लगातार खोजिरहेको छ तर ठाउँ नै पाएको छैन। आखिर उनीहरुलाई कहाँ राख्ने त? कि हामी संसद भवन नै खाली गर्दिउँ त सभामुख महोदय ?’ उनले भने।

उनले संसद भवनमा नभए हायात होटल राखेको जग्गा खाली गर्न माग गरे।  ‘३० हजार रोपनी जग्गा कब्जा गरेर हायात होटल राखेको छ। त्यो खाली गरेर राखौं।’ उनले भने ‘कि त संसद भवन खाली गरेर बाहिर पाल टाँगेर संसद चलाऊ।’

प्रकाशित मिति: : 2020-02-05 03:08:20

प्रतिकृया दिनुहोस्