वर्तमान सरकारले जनताको सपना पुरा गर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक भएको बताएका छन्।

मंगलबार गुल्मीमा  प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले अनावश्यक विषयमा बहस गरेर मित्र राष्टसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताएका हुन्।

सरकार राष्ट्रिय हितका लागि अघि बढेको बताउदैं उनले भने, 'जनताको लाभ र देशको विकासका लागि सरकार अघि बढेको छ।'

चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने बताउदैं उनले भने, 'एमसिसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्ध बजारमा बहस शुरु गरिरहेको छ।'

पार्टीहरु लोकतन्त्रका आधारस्तम्भ भएको उनको भनाई छ। 'पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुन्छ' उनले भने।

नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको भन्दै उनले भने, 'वर्तमान सरकारले नै जनताले वर्षौंदेखि देखेका समृद्धिको सपना पुरा गर्छ।'

प्रकाशित मिति: : 2020-02-05 01:36:18

प्रतिकृया दिनुहोस्