बालश्रमविरुद्धको संघर्ष

विश्वभर प्रत्येक दिन १५ करोडभन्दा बढी बालबालिका जोखिमपूर्ण अवस्थामा कडा श्रममा संलग्न हुन्छन् । बंगलादेश यसको महत्वपूर्ण उदाहरण हो । त्यहाँका कपडा उद्योगमा मुख्यतः महिला र धेरै बालबालिका काम गर्छन् । सन् २००६ देखि २०१२ बीचमा पाँच सयभन्दा बढी बंगलादेशी श्रमिकले उद्योगमा लागेको आगजनीमा ज्यान गुमाए ।  नोभेम्बर २०१२मा एउटा कारखानामा आगलागी हुँदा झन्डै एक सय १७ कामदारको मृत्यु भयो भने दुई सयभन्दा बढी श्रमिक घाइते भए । त्यसको पाँच महिनापछि ढाकाबाहिर रहेको एउटा उद्योग भत्किँदा झन्डै ११ सयभन्दा धेरैको ज्यान जानुका साथै २५ सयभन्दा बढी घाइते भए । यस्तो जोखिमपूर्ण श्रममा ठूलो संख्यामा बालबालिका संलग्न छन् । 

प्रकाशित मिति: : 2020-02-04 05:26:31

प्रतिकृया दिनुहोस्