गायक रवि ओड सुदूरपश्चिम प्रदेशको पर्यटन प्रर्बद्धनमा लागे

नेपाल आइडल सिजन २ का बिजेता एवं गायक रवि ओड सुदूरपश्चिम प्रदेशको पर्यटन प्रर्बद्धनमा लागेका छन्। यहि माघ २२ गते देखि कैलालीको पर्यटकीयस्थल घोडाघोडीबाट सुरु गर्ने रविले बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले उनलाई पर्यटन दूत नियुक्त गरेसँग उनले १० जनाको टिम तयार पारी प्रदेशको महत्वपूर्ण पर्यटकीय स्थलमा पुगेर प्रोजेक्ट तयार गर्ने छन्। 

‘सुदूरपश्चिमका पर्यटकीयस्थल इन्ट्रो भिडियो बनाइन्छ,’उनले भने। ‘त्यो संगीत धुनसहितको भिडियो जुन ठाउँमा पुगे पनि प्रस्तुत गरिने छ। यसले केहि हदसम्म भए पनि प्रदेशको पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने छ।’

प्रोजेक्टमार्फत ओझेलमा परेका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको भिडियो सहित सामाजिक सञ्जाल तथा युट्युब च्यालेनमा राखिने उनले बताए।

सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीयस्थल खप्तड, रामारोसन, शुक्लाफाँटा, अपिसैपाल, शैलेश्वरीलगायत क्षेत्रमा पुगेर नै प्रोजेक्ट तयार हुने छ। 

प्रकाशित मिति: : 2020-02-04 01:38:21

प्रतिकृया दिनुहोस्