इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्न प्रतिबद्धता छु: सभामुख सापकोटा

बिएल संवाददाता

काठमाडाै‌ं

सङ्घीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्विरोध निर्वा्चित भएपछि उक्त समितिले आइतबार गरेको सम्मान कार्यक्रममा उनले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा अहोरात्र खट्ने दृढता व्यक्त गरे। ‘विधि, पद्धति र प्रक्रियाको पूर्णपालना गर्ने तथा राष्ट्र र जनताको सर्वोपरी हितका खातिर काम गर्ने भगिरथ प्रयत्नमा रहनेछु।’उनले भने।

सभामुख सापकोटाले देशभक्ति र सदाचारका लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे।  समितिका सदस्यहरुले राष्ट्रघात हुने कुनै पनि काम सभामुखबाट नहुने विश्वास व्यक्त गरेका थिए।
 

प्रकाशित मिति: : 2020-02-03 06:31:11

प्रतिकृया दिनुहोस्