एमसीसीको बिषयलाई प्रतिष्ठाको बिषय बनाए: रावल

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिषयलाई केहि व्यक्तिहरुले प्रतिष्ठाको बिषय बनाएको टिप्पणी गरेका छन्। 

सिंहदरबारमा आइतबार बसेको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले एमसीसी इन्डो प्यासेफिककै अंग भएको भएपनि केहि व्यक्तिहरुले यसलाई प्रतिष्ठानको बिषय बनाएको टिप्पणी गरेका हुन्। ‘इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट र त्यसपछिका श्रृंखलाहरु अध्ययन गरेर बोल्नुपर्छ।’ सांसद रावलले भने ‘एमसीसीबारे संसदीय समितिहरुमा पनि अध्ययन र छलफल हुनु आवशयक छ।’ 

बैठकमा नेकपाकै सांसद सुदन किरातीले (एमसीसी) का बारेमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै राजीनामा माग गरेका छन्।

‘सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) जुनसुकै हालतमा पास हुन्छ। चाह्यो भने देशका नेताहरुलाई अमेरिकाले सुलेमानी बनाइदिन्छ, जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ’, उनले भने।
 

प्रकाशित मिति: : 2020-02-03 05:46:32

प्रतिकृया दिनुहोस्