एमसीसी बारे सुझाव संकलन गर्न नेकपाले बनायाे कार्यदल

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ। केन्द्रीय कार्यसमिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन्। 

कार्यदलमा बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन्।

कार्यदललाई १० दिनको समय दिइएको छ।

नेकपा सांसदहरुबीच एमसीसी संसद्‍बाट अनुमोदन गर्न हुने/नहुने विषयमा मतान्तर छ। भीम रावल, झपटबहादुर रावल, देव गुरुङ लगायत नेताहरु एमसीसीको प्रावधान नेपालको हितमा नरहेको भन्दै विरोध जनाइरहेका छन्। 

प्रकाशित मिति: : 2020-02-03 03:41:45

प्रतिकृया दिनुहोस्